सेती प्रादेशिक अस्पतालमा आइतबार ३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ २३  (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा आइतबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३३५ नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १ जना, धनगढीबाहेक कैलालीका ११ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठले हाल सेती प्रादेशिक अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, २३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।