धादिङ, जेठ २१ (ई-रैवार)
कोरोना भाइरस कोभिड १९ का कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको ५५ बर्षको उमेरमा स्टार अस्पताल ललितपुरमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङ जिल्ला अदालतका सूचना अधिकारी खेम प्रसाद भण्डारीले कोरोना पोजेटिभ देखिएको न्यायाधीश पौडेलको स्टार अस्पताल ललितपुरमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका हुन।
कोरोना पोजेटिभ देखिएको धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेल जेष्ठ २ गते देखि स्टार अस्पताल ललितपुरमा उपचाररत रहेका थिए । ७ दिन सम्म भिन्टिलेटरमा राखी उपचार भैरहेको थियोे । यो सङ्गै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।


