नेपालमा आज ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

नेपालमा आज ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु
Spread the love

काठमाडौं, जेठ १० (ई-रैवार)

नेपालमा आज थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंका १८०६, ललितपुरमा ६८१, मोरङमा ३२३, भक्तपुरमा २९८, रुपन्देहीमा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा २५८, मकवानपुरमा २४२, सुनसरीमा २१८, स्याङजामा १९८ , नुवाकोटमा १९५, चितवनमा १७१, धनुषामा १५०, महोत्तरीमा १४१ र काभ्रेपलाञ्चोकमा १४० जना कोरोना संक्रमित थपिएका छन् ।

कैलालीमा ९६, लमजुङमा ८९, सुर्खेतमा ८८, दोखामा ८७,तनहुँमा ७९, रामेछाप, अछाम र कपिलवस्तुमा ७८/७८ जना, पर्वतमा ६५, धनकुटामा ६३, ओखलढुंगा र सिन्धुपाल्चोकमा ६०/६० जना, सिरहा र बैतडीमा ५७/५७ जना, खोटाङमा ५५ र पाल्पामा ५१ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा ४६, सिन्धुलीमा ४४, सप्तरीमा ४२, झापा र रौतहट र नवलपरासी पश्चिममा ४१/४१ जना, बारामा ३८,सर्लाहीमा ३४, संखुवासभामा ३२, नवलपरासी पूर्व, म्‍याग्दीमा २९/२९ जना, धादिङ र डडेल्धुरामा २५/२५ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सामा २३, दार्चुलामा २२, अर्घाखाँची र कालिकोटमा १९/१९ जना, भोजपुरमा ११, प्‍युठानमा १०, बर्दियामा ९ तथा उदयपुर र वागलुङमा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सोलुखुम्बु र गुल्मी र जुम्लामा ४/४ जना, तेह्रथुममा ३, इलाम, ताप्लेजुङ, रसुवा, मुस्ताङ ररोल्पा, जाजरकोट, डोल्पा, बझाङ र बाजुरामा २/२ जना तथा रूकुम पुर्व, कञ्‍चनपुर र डोटीमा १/१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ९ वर्षमुनिका १७३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५०७ जनामा संक्रमण पुष्टि देखिएको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ । कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएका छन् । निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.६ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ।