धनगढी, जेठ १८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८२८ नमूना परीक्षण गर्दा २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहापालिकाका ५८ जना, धनगढीबाहेक कैलालीका ९० जना र अन्य जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ८ जना निको भई घर फर्किएका छन् भने थप २ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


