डोटी, असोज २५ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका १ जना पुरुष, १ महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका १ जनापुरुषमा कोरोना संक्रमण भेटिएको बताएका छन् ।



