मन्त्रिपरिषद्को बैठकद्वारा अध्यादेशमार्फत बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकद्वारा अध्यादेशमार्फत बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस
Spread the love

काठमाडौँ, जेठ १५ (ई-रैवार)

मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।

कानुनमन्त्री लिलानाथ श्रेष्ठले बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको जानकारी दिएका छन् । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी गरेका छन् ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।