काठमाडौं, फागुन २९ (ई-रैवार)
नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। नेपाल र खनाल पक्षले आज ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको हो।
शुक्रबार साँझ स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको थियो। शुक्रबार साँझ नेपाल र खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसेको थियो।
शुक्रबार साँझ बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेको थियो। त्यस्तै, रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो भने केही प्रदेश इन्चार्ज पनि हेरफेर गरेको थियो।
ओली पक्षीय केन्द्रीय कमिटी बैठकबाट सातवटा प्रदेशका अध्यक्ष र सचिव परिवर्तन गरेका छन् । त्यसको नेपाल खनाल पक्षले विरोध गरेको छ। ओलीको निर्णयलाई उनीहरुले पार्टी फुटाउने उद्देश्यले आएको जनाएको छ। यसका विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले थप निर्णय गर्ने नेपाल पक्षका एक नेताले बताए।


