धनगढी, जेठ १४ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५३ जनाको स्वाब परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४२ जनाको उपचार भईरहेको छ । अस्पतालमा २ जनाको भेन्टीलेटर र १५ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
सूचना अधिकारी श्रेष्ठले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको बताएका छन् ।


