चिकित्सक कुटपिटको घटना छानबिन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

Spread the love

नेपालगञ्ज, जेठ १४ (ई-रैवार)

चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति समिति गठन भएको हो ।

आज बसेको सरोकारवाला निकायको बैठकले सहायक सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टको अध्यक्षतामा ७ सदस्यीय छानबिन समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

समितिमा चिकित्सक सङ्घ, नर्सिङ सङ्घ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिसमेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका चिकित्सक रहेका छन् ।

स्वास्थ्यकर्मी कुटपिटको विरोधमा भेरी अस्पतालमा बिहानैदेखि प्रदर्शन भएको छ। कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए । बिहीबार कोरोना संक्रमित ५४ वर्षीयको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।