सुदूरपश्चिम सहित प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौँ, जेठ १४ (ई-रैवार)

आज सुदूरपश्चिम सहित प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका एक/ दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि भारी वर्षाको सम्भावना रहेको हो।

बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिम सहित प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम सहित प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यसैगरी गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।