नेपालमा आज ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

नेपालमा आज ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जनाको मृत्यु
Spread the love

काठमाडौं, जेठ ९ (ई-रैवार)

नेपालमा आज थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनागरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७६१ जना, ललितपुरमा ६९४, रूपन्देहीमा ४२९ जना, मोरङमा ३८३ , भक्तपुरमा ३६६, बर्दियामा २७१ र सुर्खेतमा २३९ जना कोरोना संक्रमण थपिएका छन् ।

यस्तै काभ्रेपलाञ्चोकमा १७२, बारामा १५७, सिन्धुपाल्चोकमा १५५, झापामा १४८, बाँकेमा १३७, म्‍याग्दीमा १४४, कपिलवस्तुमा १३२, सुनसरीमा १२१, मकवानपुर र स्याङ्जामा ११२/११२ जना र दाङमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र अछाममा ९६/९६ जना, सिरहामा ८६, पाल्पामा ८०, धादिङमा ६७, तनहुँमा ६४, गुल्मीमा ६३, महोत्तरीमा ६०, सप्तरीमा ५९, गोरखामा ५८, नवलपरासी पूर्वमा ५३, डोटीमा ५२, कैलालीमा ५०, सल्‍यानमा ४९, उदयपुरमा ४८, रामेछापमा ४१, नवलपरासी पश्‍चिममा ४०, बागलुङमा ३९, नुवाकोट र कालीकोटमा ३८/३८ जना, पर्सामा ३७, कञ्‍चनपुरमा ३६ र लमजुङमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २४, सर्लाहीमा २१, डडेल्धुरामा १८, इलाम र दोलखामा १४/१४ जना, रोल्पामा १२, ताप्लेजुङ, रौतहट, सिन्धुलीमा १३/१३ जना, बैतडीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

डोल्पामा ९, खोटाङ र पर्वत र रूकुम पश्चिममा ८/८ जना, ओखलढुंगा, धनकुटा भोजपुरर जाजरकोटमा ६/६ जना, पाँचथर र संखुवासभामा ५/५ जना, सोलुखुम्बु र रसुवामा ४/४ जना, तेह्रथुम, प्युठान, जुम्ला, दैलेख, दार्चुला र बाजुरामा ३/३ जना, मुस्ताङमा २ तथा मुगु र बझाङमा १/१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५६५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको बताएका छन् ।