काठमाडौँ, वैशाख २६ (ई-रैवार)
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले आइतबार दिउँसो ३ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आइतबार दिउँसो ३ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएको जानकारी दिएका छन । सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिँदैछन् । सो बैठकका विषयमा परामर्श गर्नका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।


