सेती प्रादेशिक अस्पतालमा आज ४९३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज ४९३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
Spread the love

धनगढी, वैशाख २५ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ३२ नमूना परीक्षण गर्दा ४९३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार प्रादेशिक अस्पतालको प्रयोगशालामा १ हजार ३२ नमूना परीक्षण गर्दा ४९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

सूचना अधिकारी श्रेष्ठले संक्रमितमध्ये कैलालीको धनगढी उपमहानगरपालिकाका ३०३ जना, धनगढीबाहेक कैलालीका १८३  जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि  भएको बताए ।

सेती प्रादेशिक अस्पतालमा ६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  २ जना निको भई घर फर्किएका छन् भने थप २१ जना अस्पतालमा भर्ना भएका छन् ।  यस्तै एक जनालाई अन्यन्त्र रेफर गरेको  सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको उपचारकै क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।