ताप्लेजुङ दोभान बजारमा आगलागी : ४० बढी घर जलेर नष्ट

ताप्लेजुङ दोभान बजारमा आगलागी : ४० बढी घर जलेर नष्ट
Spread the love

ताप्लेजुङ, फागुन १८ (ई-रैवार) 

ताप्लेजुङको मेरिङ्देन बजारमा अहिले चालीस बढी घर जलेर पूरै नष्ट भएका छन । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको हो ।

स्थानीयवासी गणेश कार्कीले दोभान बजारमा अहिले चालीस बढी घर जलेर पूरै नष्ट भइसकेको बताएका छन । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।