सेती प्रादेशिक अस्पतालमा आज २७२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा आज २७२ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, वैशाख २४ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा आज थप २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६४ नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १३४ जना, धनगढीबाहेक कैलालीका १२१ जना र अन्य जिल्लाका २७ जनामा संक्रमण पुष्टि भएको जनाएका हुन ।

सूचना अधिकारी श्रेष्ठले हाल सेती प्रादेशिक अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३० जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।