काठमाडौं, वैशाख २४ (ई-रैवार)
नेपालमा आज थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जनागरी ९ हपार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । जसमध्ये ३ हजार ८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।
यस्तै कास्कीमा ३९३, दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, बाँकेमा २२२, काभ्रेपलाञ्चोकमा १८०, पर्सामा १३०,कैलालीमा १२५, झापामा २१६, धनुषामा १०६, बैतडीमा ११४, नवलपरासी पूर्वमा १००, सुनसरीमा ९८, नवलपरासी पश्चिममा ८७, गोरखा ८३, पाल्पामा ८०, नुवाकोटमा ७९, मकवानपुरमा ६३, अछाममा ६२, पर्वतमा ६१, धादिङमा ५९, रौतहटमा ५४, दोलखामा ५१, ताप्लेजुङमा ४९, तनहुँ ४७, कञ्चनपुरमा ४५, म्याग्दीमा ४४, अर्घाखाँचीमा ४२, रामेछाप र स्याङ्जामा ४१/४१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै महोत्तरीमा ४०, बारामा ३६, गुल्मी र डडेल्धुरामा ३०/३० जना, रसुवा र दैलेखमा २८/२८ जना, कपिलवस्तुमा २७, सर्लाहीमा २६, सिरहामा २५, बर्दिया र डोटीमा २४/२४ जना, सिन्धुपाल्चोकमा २३, लमजुङमा २२, सिन्धुलीमा २१, सप्तरीमा १६, धनकुटा र संखुवासभामा १५/१५ जना,इलाममा ११, सल्यान १०, ओखलढुंगामा ९, प्युठानमा ७, तेह्रथुम र बागलुङमा ७/७ जना, उदयपुरमा ६, रोल्पा र सुर्खेतमा ५/५ जना, पाँचथरमा ४, भोजपुर, कालिकोट, जुम्ला, हुम्ला र दार्चुलामा ३/३ जना, थपिएका छन् ।
यस्तै सोलुखुम्बु, रूकुम पूर्व, जाजरकोट र बझाङमा २/२ जना तथा मनाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्षमुनिका २०४ बालबालिका कोरोना संक्रमित थपिएका छन् भने १० देखि १९ वर्षउमेर समूहका ६ सयजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगे नेपालमा कूल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । हाल २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।


