काठमाडौं, वैशाख २४ (ई-रैवार)
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रबार नेता नेपालले आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहाने भन्दै त्यसका लागि वार्ता र लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् ।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ ।
२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौँ,” उनले भनेका छन् ।



