डोटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

डोटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
Spread the love

डोटी, वैशाख २२ (ई-रैवार)

डोटीमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोटीमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

जिल्ला अस्पताल डोटीका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।