धनगढी, वैशाख २२ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। कोरोना सक्रमणबाट कैलालीका ३, कन्चनपुरका १ र बैतडीका १ जनागरी ५ जनाको मृत्यु भएको हो । ले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।
सूचना अधिकारी जोशीका अनुसार दम सम्बन्धि समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो।
यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्येसैगरी बैतडीमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ। पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुष्टि भएको थियो। होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।


