डोटी, असोज १४ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५६ जनाको कोरोना स्वाव परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो।
डोटी अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ पुरुष, बोगटान फुडसिल गाउँपालिकाका २ पुरुष, शिखर नगरपालिका र केआइ सिह गाउँपालिकाका एक/एक जना पुरुषमा कोरोना संक्रमण देखिएको बताएका छन ।
यस्तै अछामको जयगढ बान्निगढी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए ।



