धनगढी, भदौ ३ (ई-रैवार)
संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
ललितपुरमा कोठा लिएर बसेका सांसद बोगटीको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । उनी कोरोना पुष्टि हुने तेस्रा सांसद हुन् ।
साउन ३० मा पिसिआर गरेका उनको रिपोर्ट नेगेटिभ आएको थियो। कोरोनाको केही लक्षण छैन तर पोजेटिभ आएपछि आइसोलेनसनमा भर्ना भएको छु’ सद बोगटीले भने।
नेकपाका महासचिव विष्णु पौडेलका पिएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पिएले पनि स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आएको थियो । ‘रिपोर्ट नेगेटिभ आएपछि अरुसँग पनि घुलमिल भएको थिएँ । तर मंगलबार फेरि पोजेटिभ भएको रिपोर्ट आएको खवर आयो’ उनले भने ।
काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजिटिभ आएको भन्दै फोन गरेपछि उनले ल्याबमा फोन गरेर बुझेका थिए। ‘ल्याबबाट नेगेटिभ म्यासेज आएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीले भने पोजिटिभ आएको भन्दै फोन गरेपछि के भएको हो भनेर बुझ्दा फेरि पोजेटिभ भएको म्यासेज आयो, अनि भर्ना भए’ सद बोगटीले भने ।


