नेपालमा कोरना संक्रमणबाट थप १७ जनाको मृत्यु, कहाँ कति कोरोना संक्रमित थपिए ?

नेपालमा कोरना संक्रमणबाट थप १७ जनाको मृत्यु, कहाँ कति कोरोना संक्रमित थपिए ?
Spread the love

काठमाडौं, वैशाख १५ (ई-रैवार) 

नेपालमा कोरना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा कोरना संक्रमणबाट १७ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ । हिजो १८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ वर्षसम्मका बालबालिका ९९ जना र १० देखि १९ वर्षका ३१७ जना कोरना संक्रमित छन् । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २० देखि २९ वर्षका १ हजार २२१ जना रहेका छन् ।

त्यस्तै, ३० देखि ३९ सम्मका १ हजार १६० जना, ४० देखि ४९ वर्षका ८९९ जना, ५० देखि ५९ का ६०९ जना, ६० देखि ६९ का २७६ जना, ७० देखि ७९ का १२३ जना, ८० देखि ८९ का ३९ जना, ९० देखि १०० वर्ष उमेरका दुईजना र उमेर नखुलेका २९ जना रहेका छन् ।

हाल ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।

त्यस्तै, २ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् ।

कहाँ कति कोरोना संक्रमित थपिए ?

यस्तै सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।

यस्तै रुपन्देहीमा ४३४ जना, बाँकेमा ३२८ जना, कैलालीमा १९४ जना, कास्कीमा १८२ जना, दाङमा १८० जना, चितवनमा १४७ जना, सुर्खेतमा १३२ जना, मोरङमा १२८ जना र पर्सामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्‍चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पश्‍चिम, पाल्पा, बर्दियामा २८/२८ जना, नुवाकोटमा २५ जना, कञ्‍चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३/२ जना, धादिङ र बैतडीमा २२/२२ जना, लम्जुङ र स्याङ्जामा २१/२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७/१७ जना, तनहुँमा १५जना, ताप्लेजुङ र म्‍याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्‍युठान, जाजरकोट र जुम्ला ८/८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५/५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्‍चिममा ३/३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २/२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै  नेपालमा कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।