धनगढी, वैशाख १३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा पछिल्लो २४ घण्टामा १६७ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, र कृष्णपुरमा एक/एक जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत सूचना अधिकारी श्रेष्ठले जनाकारी दिएका छन ।


