माधव नेपालसहित ४ नेताको रिटमाथी आज सुनुवाइ हुँदै

माधव नेपालसहित ४ नेताको रिटमाथी आज सुनुवाइ हुँदै
Spread the love

काठमाडौं, वैशाख १२ (ई-रैवार)

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेशी तोकिएको हो ।

बिहीबार माधव नेपाल सहितका नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको बिरुद्ध उनीहरु अदालत गएका हुन् ।

नेपालसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।