नेपालमा आज २४४२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

Spread the love

काठमाडौँ, असार ६ (ई-रैवार) 

नेपालमा आज थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६७७ जनाको पीसीआर विधिबाट १४२१ जना र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जनाको परीक्षण गर्दा २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४५०, बागलुङमा २२२, ललितपुरमा ७३ जना, मोरङमा ६६, कास्कीमा ५७ , सिन्धुपाल्चोकमा ५२ जनामा कोराना संक्रमण देखिएको छ ।

यस्तै म्याग्दीमा ४४, धादिङमा ४२, पर्वतमा ३७, नुवाकोटमा २९, झापामा २८, भक्तपुर र रुपन्देहीमा २५/२५ जना, सुनसरीमा २४ र सिरहामा २० जना कोरोना संक्रमित थपिएको छ ।

काभ्रेपलाञ्चोकमा १४, धनुषामा १३, कैलालीमा १२, सप्तरी र मकवानपुरमा ११/११ जना र तनहुँमा १० जनामा कोरोना संक्रमित थपिएको छ ।

यस्तै बर्दियामा ९, अछाममा ८, कपिलवस्तु, पाल्पा र कञ्‍चनपुरमा ७/७ जना, महोत्तरी, रामेछाप र जुम्लामा ६/६ जना, उदयपुर र स्याङजामा ५/५ जना, खोटाङमा ४, संखुवासभा, सिरहा, सिन्धुली, दाङ र रोल्पामा ३/३ जना, इलाम, बारा, दोलखा, लमजुङ र प्‍युठानमा २/२ जना तथा धनकुटा, पाँचथर, चितवन, गोरखा, अर्घाखाँची, गुल्मी, जाजरकोट, दैलेख र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ४६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ ।