कैलाली, वैशाख ५ (ई-रैवार)
कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
डीसीसीएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गरेको बताएका छन् ।
संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
सीमा नाकाहरुमा मानिसहरुको आवतजावत बढी भएकोले जिल्लामा कोभिड १९ को उच्च जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।


