नेपालमा थप एक हजार ९६ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

नेपालमा थप एक हजार ९६ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
Spread the love

काठमाडौं, वैशाख ५ (ई-रैवार)

नेपालमा आज थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख आठ हजार ६७३ पुगेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या दुई लाख ७५ हजार ३०० पुगेको छ । हाल क्वारेन्टिनमा ८५ जना छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको   जनाएको छ ।