काठमाडौं, फागुन १९ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सभापति देउवाले बुधबार बेलुका सिभिल अस्पताल नयाँ बानेश्वरमा कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।
फागुन २३ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएका कारण फागुन १९ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुलाई खोप लगाउने अभियान सुरु गरिएकोले सिभिल अस्पतालमा सभापति देउवाले खोप लगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
बुधबारदेखि सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको हो । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नीप्रसाद सापकोटालगायतका नेताहरुले खोप लगाएका थिए । नेपालमा माघ १० गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो ।


