विश्वभर ३ करोड ८० लाख ३५ हजार ३४९ जनामा कोरोना पुष्टि, १० लाख ८५ हजार १५१ को मृत्यु

विश्वभर ३ करोड ८० लाख ३५ हजार ३४९ जनामा कोरोना पुष्टि, १० लाख ८५ हजार १५१ को मृत्यु
Spread the love

काठमाडौं, असोज २७ (ई-रैवार)

विश्वभर ३ करोड ८० लाख ३५ हजार ३ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २ सय ३२ जना संक्रमित भएका हुन । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३ सय ४९ पुगेको हो ।

वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १ सय ५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३१ हजार ८ सय २३ जनाको मृत्यु भएको छ । ६१ लाख ४७ हजार २ सय ३१ जना संक्रमित भएकोमा ३० लाख ४३ हजार ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।