कांग्रेस पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका बारेमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका बारेमा छलफल हुने
sf7df8f}F, !$ c;f/ M g]kfnL sfFu|]; s]lGb|o kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{ kbflwsf/L a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;
Spread the love

काठमाण्डौँ, फागुन १३ (ई-रैवार)

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सभापति शेरबहादुर देउवा निवासमा बस्दै छ । अपराह्न ३ बजेका लागि सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक डाकेका हुन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

नेकपाको दाहाल-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा आधिकारिकरूपमा फुटिनसकेकाले देउवा पहिला नेकपा फुटको छिनोफानोपछि मात्रै आवश्यक निर्णय गर्ने मुडमा रहेको उनी निकट स्रोत बताउँछ ।

कांग्रेसकै कतिपय नेताहरू भने फेरि जनताबाट चुनिएर नआएसम्म सरकारमा नजाने बताउँदै आइरहेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ ।

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै यही मंगलबार १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्ने आदेश दिएको छ ।