प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै

प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै
Spread the love

काठमाण्डौँ, फागुन १२ (ई-रैवार) 

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गर्न लागेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

‘सर्वोच्चले संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको छ, जनता विजय भएको खुसियालीमा शान्तिवाटीकामा कार्यक्रम गर्दैछौं,’ युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने छन् । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदैछन् ।