प्रधानमन्त्री कप प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनोट

प्रधानमन्त्री कप प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनोट
Spread the love

धनगढी पुस २८ (ई-रैवार)

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको बन्द प्रशिक्षणपछि १४ सदस्यीय टोली छना्ट गरिएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीका अनुसार सन्तोष भट्टको कप्तानीमा रहेको टीमको उपकप्तानमा खडक बहादुर बोहरा रहेका छन् ।

यस्तै अर्जुन साउँद, अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा, किरण ठगुन्ना, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउँद र भोजराज भट्ट टीममा परेका छन् ।

विरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी, विक्रम थापा र विकास आग्रीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिमले जनाएको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुनेछ ।