धनगढी पुस २८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी सार्वजनिक विदा दिइएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले भोली भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो भने पर्सी नेपाल सरकारले विदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते (माघी पर्वको अवसरमा) सार्वजनिक विदा दिने निर्णय गरेको राष्ट्रियसभामा जानकारी दिएका थिए ।


