भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते
Spread the love

कञ्चनपुर, पुस २१ (ई-रैवार)

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको सुदुरपश्चिम संघीय प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय एसएसबीले गोली चलाउँदा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।

घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको घाइते सुनारले बताएका छन् ।

गोली के कती कारणले प्रहार भएको भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार गोली प्रहारबाट नरेन सुनार घाइते भएका छन् ।

गोली प्रहार भएको सीमा भारतीय भएकोले भारतीय एसएसवीले वा हरु कुनै पक्षले गोली प्रहार गरिएको बारे थप जाँचबुझ गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।

जिल्ला प्रमुख अधिकारी महतोले भने, “ गोली प्रहार गर्ने जो सुकै भएपनि गोली प्रहार भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भैरहेको छ ।”गोली प्रहार भएको बारे नरेस सुनारले प्रहरी कहा आएर आफूलाई गोलि लागेको बताएका थिए । गोली प्रहार भने बेलुका ६ :३०बजे भएको प्रजिअ महतोले बताए ।