काठमाडौं, भदौ ३१ (ई-रैवार)
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपैयाँ घटाएको छ । आयल निगमले बुधबार रातिबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपैयाँ घटाएको हो ।
यो सँगै डिजेल रमट्टीतेलको नयाँ मूल्य ९०–९० रूपैया प्रतिलिटर कायम भएको छ । निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको जनाएको छ ।
निगमका प्रवक्ता विनितमणी उपाध्यायले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएकोे बताएका छन् ।


