काठमाडौं,मंसिर १६ (ई-रैवार)
राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी मंगलबार विवाह बन्धनमा बाधिएकी छन् ।
रौतहट चन्द्रनिगापुरकी रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको छ ।
राष्ट्रिय टोलीकी नियमित सदस्य रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन् । रणुका सम्मलित टोलीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।
रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरीलगायतका खेलाडी रौतहत पुगेका छन् । हाम्रो खेलकुदबाट


