बुधबार २५ जनामा कोरोना पुष्टी, कुल संख्या ४२७ पुग्यो

Spread the love

धनगढी जेठ ७ (ई-रैवार)

नेपालमा बुधवार २५ जनामा कोरोनाभाईरस(कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

नयाँ पुष्टी भएका संक्रमितमा कपिलवस्तुका १३ जना, बाँकेका ६ जना, धनकुटाका पाँचजना, नवलपरासी(पश्चिम) का एकजना छन ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या चारसय २७ पुगेको छ । संक्रमित भएका जिल्लाहरूको संख्या ३८ पुगेको छ ।

आजै आठजना कोरोनालाई जितेर घर फर्किएका छन । उदयपुरका आठजना संक्रमित सन्चो भएर घर फर्किएको मन्त्रालयले जनायो ।

यसरी सन्चो भएर घर फर्कनेको संख्या ४५ पुगेको छ ।