कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु
Spread the love

धनगढी, वैशाख १६ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार जिल्ला अस्पताल बझाङमा उपचाररत मष्टा गाउँपालिकाका पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति जोशीले जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएकोबताए।

स्वास्थ्यमा समस्या भइ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो। कोरोनाकै सम्पूर्ण लक्षण देखिएका उनको त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए।

योसहित सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ।