सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो
Spread the love

धनगढी, कार्तिक १४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज शुक्रवार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका ६ वटा प्रयोगशालामा ४ सय ३१ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली १६ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका मात्र ९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १ का २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना,घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिउको उनले बताए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै,बझाङको अस्पतालमा ९६ जनाको स्वाव परिक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको ल्याव ईन्चार्ज नरेश खडकाले बताए । कारोना पुष्टि हुनेमा जयपृथ्वि नगरपालिकामा ६ जना, सुर्मा गाउँपालिकामा २ जना, सशस्त्रका २ जनामा कोरोना पुष्टि भएको उनले बताए ।

उता अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३२ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

यस्तै डोटी अस्पतालको प्रयोगशालामा ३८ जनाको स्वाव परिक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको ल्याव ईन्चार्ज शौरभ श्रेष्ठले बताए । कोरोना पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालिकाका १ जना पुरुष रहेको उनले बताए ।

डडेल्धुरको अस्पतालको प्रयोगशालामा ८१ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको कोभिड सम्पर्क व्यक्ति हरी प्रशाद भटटले बताए । कोरोना पुष्टि हुनेमा अमरगढी नगरपालिका रहेको उनले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुगेको छ ।