काठमाडौं, कार्तिक २२ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट देशभर आज थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो ।
काठमाडौं र कास्कीका ३र३ जना, सुनसरी, दाङ र कैलालीका २र२ जना, उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
– धरान उपमहानगरपालिका–१६ सुनसरीकी ८१ वर्षकी महिलाको शुक्रबार दिउँसो २ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी २० गते अस्पताल भर्ना भएकी थिइन् । उनमा हाइपरटेन्सनको समस्या थियो ।
– धरान उपमहानगरपालिका–१२ सुनसरीकी ७८ वर्षकी महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २० गते राति ११ बजे मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएकी उनको सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
– कटारी नगरपालिका उदयपुरका १४ वर्षका बालकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार विहान ९ स् ५० बजे मृत्यु भएको छ । १२ कात्तिकमा संक्रमण पुष्टि भएका उनी १६ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनी क्षयरोगका बिरामी थिए ।
– जोरपाटी काठमाडौंका ८६ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापको बिरामी थिए ।
– काठमाडौंका ९२ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो ।
– छाउनी काठमाडौंकी ५७ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक १९ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो ।
– महालक्ष्मी नगरपालिका ललितपुरका ९५ वर्षका पुरुषको कात्तिक २० गते मृत्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो । उनी दमको बिरामी थिए ।
– कमलामाई नगरपालिका सिन्धुलीका ६७ वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १३ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो ।
– सुनापाती रामेछापकी ७० वर्षकी महिलाको कात्तिक २० गते मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएकी उनी कात्तिक १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
– पोखरा महानगरपालिका– १७ कास्कीका ७५ वर्षका पुरुषको शुक्रबार विहान ९ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
– पोखरा महानगरपालिका कास्कीका ३० दिने शिशुको शुक्रबार विहान १२ः १५ बजे मृत्यु भएको छ । उनमा स्वासप्रश्वास र निमोनियाको समस्या थियो ।
– पोखरा महानगरपालिका–१० कास्कीका ५७ वर्षका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २० गते राति साढे ११ बजे मृत्यु भएको छ । २ कात्तिकमा संक्रमण पुष्टि भएका उनमा निमोनिया र हाइपरटेन्सनको समस्या थियो ।
– जैमिनी नगरपालिका–९ बागलुङका २९ वर्षका पुरुषको कात्तिक २० गते राति ८ः ५० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियासम्बन्धी समस्या थियो ।
– बर्दघाट नगरपालिका–१ नवलपरासीका ४७ वर्षका पुरुषको बिहीबार राति कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । ११ कात्तिकमा संक्रमण पुष्टि भएका उनी १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र पित्तथैलीसम्बन्धी समस्या थियो ।
– तुल्सीपुर उपमहानगरपालिका–१० दाङकी २० वर्षकी महिलाको शुक्रबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । प्रसुति सेवा लिन कात्तिक १६ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १८ गते संक्रमण पुष्टि भएको थियो ।
– लमही नगरपालिका–१० दाङका ६४ वर्षका पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको छ । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि १९ कात्तिकमा नेपालगञ्ज लगिएको थियो ।
– गौरीगंगा नगरपालिका–३ कैलालीका वडाध्यक्ष ६३ वर्षका नरेन्द्रबहादुर शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिनदेखि सेती अस्पतालमा उपचाररत थिए ।
– टीकापुर नगरपालिका–१ कैलालीकी ५६ वर्षकी महिलाको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । यसअघि शुक्रबार र बिहीबार १८–१८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


