काठमाडौं, कार्तिक २२ (ई-रैवार)
नेपालमा आज थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४ सय २३ नमुना परीक्षण गर्दा २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ संक्रमित थपिएका छन्, जसमध्ये १ हजार २ सय ९४ काठमाडौं, १ सय ४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।
मोरङका २ सय ४५ जना, सुनसरीका १ सय ३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९र१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२र१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५र५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४र४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३र३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २र२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १र१ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ७ सय ३६ पुगेको छ । देशभर आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५५ हजार १ सय १४ जना डिस्चार्ज भएका छन् ।
आजसम्म १५ लाख २५ हजार ७ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १ हजार १ सय १४ जना क्वारेन्टिनमा रहेका छन् ।


