सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि
Spread the love

धनगढी, कार्तिक २२ (ई-रैवार) 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका  र मोहयाल गाउँपालिकाका १/ १ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।  कैलालीका ठेगाना नखुलेका २ जनामा  पनि संक्रमण देखिएको छ ।

यस्तै कञ्चनपुरक भीमदत्त नगरपालिकाका ७ जना, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका १/ १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

त्यस्तै अछामका ३ जना र  डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।