नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना पुष्टि, २ हजार ६ सय ६८ जना डिस्चार्ज

नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना पुष्टि, २ हजार ६ सय ६८ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक ७ (ई-रैवार) 

नेपालमा आज थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८ सय ६३ नमुना परीक्षण गर्दा १ हजार ६ सय ९० महिला र २ हजार ८सय ९ पुरुष गरी ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २ हजार ७ सय २० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २ हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जना छन् ।

यस्तै मोरङका २ सय २३ जना, काभ्रेका १ सय ६१, रुपन्देहीका १ सय ५२, चितवनका १ सय ४९, सुनसरीका १ सय ३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०/१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७/७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६/६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५/५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४/४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३/३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २/२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९६ रहेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ९ सय ७२ जना र होम आइसोलेसनमा ३१ हजार ७ सय २७ जना रहेका छन् । आजसम्म देशभर  जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बुधबार देशभर पाँच हजार ७४३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ९९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

बिहीबार देशभर तीन हजार ६३७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार २१५ जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर २१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।