चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू

चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू
Spread the love

धनगढी फागुन २९(ई-रैवार)
धनगढीमा चल्दै गरेको अटोमा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। भारतबाट आएका उनी मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए।
उनको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र उनी नुवाकोटको विदुर नगरपालिका–१ निवासी भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
‘मृतकको अस्पताल ल्याउनुभन्दा अगाडि नै ज्यान गइसकेको थियो’ सेती अस्पतालनका डाक्टर विष्णु जोशीले भने, ‘उनको साथबाट प्रेसरको औषधि भेटिएको छ तर मृत्युको कारण पोस्टमार्टमपछि मात्रै खुल्ने छ।’