मुगु, असोज २६ (ई-रैवार)
मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका हुन। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने।
प्रमुख जिल्ला अधिकारी महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए। प्रहरी निरीक्षक लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए।
‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।


