नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि, ३ हजार २१५ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि, ३ हजार २१५ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक ६ (ई-रैवार)

नेपालमा आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा प्रयोगशालामा १५ हजार २ सय ५५ नमुना परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २ हजार ८ सय २० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा ३१  हजार ५ सय ३८ जना रहेका छन् । आजसम्म देशभर ३ हजार ७ सय ५२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार १ सय ८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार देशभर ५ हजार ७ सय ४३ कोरोना भाइरस संक्रमि थपिएका थिए भने ९ सय ९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।