कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्‍यो

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्‍यो
Spread the love

काठमाडौं, कार्तिक ६ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट बुधबार २६ जनाको मृत्यु भएको थियो । मंगलबार ८ जनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट  १८ जनाको मृत्यु भएको थियो ।