काठमाडौं, कार्तिक ५ (ई-रैवार)
नेपालमा आज थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा २ हजार १ सय ५१ महिला र ३ हजार ५ सय ९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३ हजार १ सय ७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, ललितपुरका ५ सय ४३ र भक्तपुरका १ सय ७३ जना छन् ।
मोरङका ३ सय ६५ जना, रुपन्देहीका २ सय ४१, कास्कीका १ सय ७५, सुनसरीका १ सय ६०, चितवनका १ सय ४७, झापाका १ सय २०, सुर्खेतका १ सय १८, बाँकेका १ सय ९, दाङका १ सय ८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२/३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९/२९ जना, दैलेखका २६ र बझाङका २५ जनामा संक्रमण देखिएको छ ।
सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०/२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७/१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४/१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६/६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४/४ जना, पाँचथर र हुम्लाका ३/३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २/२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५ सय ७६ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ७ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ३४ हजार ८ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १४ हजार ६ सय ७४ जना र होम आइसोलेसनमा २९ हजार ८ सय जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर ३ हजार ७ सय ९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
मंगलबार देशभर ३ हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार १ सय ८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।


