सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन
Spread the love

डोटी जेठ २३(ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो ।
निर्देशक डा. गुणराज अवस्थीद्वारा हस्ताक्षरित पत्रमा सुदूरपश्चिम प्रदेशमा हाल एउटामात्रै ‘आरटीपीसीआर’ प्रयोगशाला रहेको र जसको दैनिक जाँच क्षमता दुईसय ५० नमुना मात्रै रहेको उल्लेख गर्दै एक हजार ८३ जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको उल्लेख छ ।
‘यसरी नै दैनिक स्वाब संकलन भईरहने हो भने, परीक्षण गर्नुपर्ने स्वाब धेरैदिन थन्किनसक्ने भएकाले र धेरैदिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले आजको मितिदेखी पाँचदिनसम्म कोभिड–१९को स्वाब नगर्न’ भनी सूचनामा उल्लेख गरिएको छ ।