डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
Spread the love

डडेल्धुरा, कार्तिक ४ (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामाआज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ७३ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढीका ५ जना, गन्यापधुराका १ जना र  बैतडीको डिलाशैनीका  १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।